काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा १ अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान पनि गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google