फिल्म 'बहाव' को तर्फबाट विद्या न्यौपानेले पाइन् थाइल्याण्ड घुम्ने अवसर

दर्पण दैनिक १४ जेष्ठ २०८०,१२:४८
post

काठमाडौं । फिल्म 'बहाव' ले थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा गरेको छ ।पाल्पा घर भई हाल बुटुवल बस्दै आएकी विद्या न्यौपानेले थाइल्याण्ड घुम्ने अवसर पाएकी छन् । यो फिल्म गत चैत २४ गतेदेखि रिलिज भएको थियो ।

शुक्रबार एक कार्यक्रमबीच फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरूप पाएकी छन् ।

यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो ।

फिल्मले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ । विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछन् ।

यो टुर प्याकेज घोषणा भएको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ । फिल्म निर्माण टिमले कफी डेटको विजेता पनि घोषणा गरेको छ। ‘बहाव’ को डिजिटल टिकेटिङ पाटर्नर रहेको खल्तीले कालीमाटी रहेको वान सिनेमाजमा आयोजना गरेको स्पेशल शोबाट यो कफी डेटको अप्सरा जैसी विजेता बनेकी हुन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग लाजिम्पाटमा रहेको कफी एस्केपमा भेट गरेर कफी खाने अवसर प्राप्त गरेकी छन् ।

श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।

सम्बन्धित खबर

post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: