काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र 'हरिबहादुरको जुत्ता'मा अभिनेत्रीको रूपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । पछिल्लो समयकी सफल अभिनेत्री खड्काले यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुतसँग अभिनय गर्नेछिन् ।
प्रकाश र स्वस्तिमाको यो दोस्रो चलचित्र हो। प्रकाशको नै निर्देशनमा तयार हुँदै रहेको चलचित्र 'वसन्त'मा दुवैले सहकार्य गरेका छन् ।
हरि बहादुरको जुत्तालाई सरोज ओलीले निर्माण गर्दै छन् । हरिवंशको नै कथा रहेको चलचित्र चाडै सुटिङमा जाने तयारीमा रहेको छ। स्वस्तिमाको प्रवेशसँगै चलचित्रको कलाकारको लाइनअप रोचक र बलियो बन्दै गएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google