काठमाडौं । सुदूरपश्चिमका कलाकारहरुको उपस्थितिमा पुस १५ गते विशेष डेउडा खेल सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सुदुरपश्चिम कलाकार समाज, काठमाडौंको आयोजनामा हुन गइरहेको सो कार्यक्रम काठमाडौंको कमलादीमा रहेको प्रज्ञा भवनमा दिउसो १२ देखि सुरु हुने भएको हो । सुदुरपश्चिम कलाकार समाजका अध्यक्ष सुरेश बोहराका अनुसार कार्यक्रमको प्रायोजक हिमाल डेन्टल हस्पिटल रहेको छ ।
डेउडा खेल सांस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकारहरु भोजराज भट्ट, नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, भुवन प्रसाद दाहाल, सूर्य विरही साउद, शोभा थापा, गौरी भट्ट, अनिता चलाउने, पवित्रा शाकी (मिस पवि) छत्र शाहीलगायतको उपस्थिति तथा प्रस्तुती रहने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google