एक भेट

सुष्मा दाहाल २८ श्रावण २०८०,२०:५०
post

- सुष्मा दाहाल

साँघुरा गाेरेटाे र गल्लीहरुका
धेरै अबराेधयुक्त,अफ्ट्यारा
यात्राहरु पार गरेर अलि पर,
निक्कै पर..
फराकिलो सडककाे यात्रामा निस्किएपछिकाे
सहज यात्रामा 
 भेट भएको हाे हुन त तिमीसङ्ग ...
तर पनि याे सहज भेट 
मेरो लागि खास छ,
विशेष छ,अतुलनीय ,
विर्सिनसक्नु र निरपेक्ष छ..
अचेल म हरेक दिन त्यहि सुन्दर 
अनि प्रेमील भेटकाे
यादमा रमाउँछु,डुब्छु,पौडिन्छु 
अनि अाफै तैरिन्छु पनि....
अामने सामने बसेर
 तिमीसङ्ग खुलस्त बाेल्न नपाउँदा
चिहाई चिहाई ईशारा गरेको,
ईशारामै भावनाहरु
छछल्किएर पाेखिएकाे 
त्याे अद्भुत प्रेमील भेट
अहाे!कस्तो अवर्णनीय !
कस्तो अविश्मरणीय !!

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: