काठमाडौँ । फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् ।निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको हो ।
निर्माता विनोद पौडेलले चलचित्रका लागि कलाकार छनोट गर्न सुरु गरेकाे बताए । उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए।सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् ।
यो फिल्म आगामी भदौ २७ गते रिलिज हुनेछ । चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो।मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् ।
थापाले यसअघि चलचित्र ‘बाटो रोड टु डेथ’ निर्देशन गरेका थिए । यो चलचित्रमा शरद महतोको डिओपी रहने छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google