सोलुखुम्बु । नेपाली गीतसंगीत र पत्रकारिता क्षेत्रमा एक शशक्त नाम हो विष्णु खड्का । खड्काले मौलिकतालाई प्राथमिकतामा राखेर शब्द लेख्ने र लय तथा संगीत भरेर आम दर्शकश्रोतामाझ पस्कने गर्छन् । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा न ४ मा जन्मिएका उनी गीतसंगीतमा मात्रै सिमित छैनन् । खड्का पत्रकारिताको क्षेत्रमा पनि उतिकै सक्रिय छन् ।
विष्णु यतिबेला मोफसल पत्रकारिता अर्थात् राजधानी भन्दा बाहिर बसेर गाउँघरमा भएका कुराहरुलाई पत्रकारिता गर्दै आफ्नो सञ्चार माध्यमबाट प्रशारण गर्दै आइरहेका छन् । त्यतिमात्रै हैन उनी तिनै ठाउँहरुलाई समेटेर गीत बनाउँन पनि माहिर छन् । विष्णुको पहिलो पहिलो मायाँ, तिमी सँगै घरजम गर्ने मनको धोको छ, छाता थेन आइन भो, लर्के जोवन लगायतका दर्जनभन्दा बढी गीतले बजारमा यसअघि नै चर्चा पाइसकेका छन् ।
यसपटक भने उनले पर्यटकीयस्थल सोलुखुम्बु जिल्लाको विविध भूगोल तथा विषयवस्तुहरुलाई समेटेर 'सगरमाथा सोलुखुम्बु जिल्ला' नामक गीतको अडियो भर्सन सार्वजनिक गरेका छन् । उनलेे यो गीतको अडियो भर्सन विष्णु खड्का नामक युट्युब च्यानलको इमोस मार्फत सार्वजनिक गर्दै डिजिटल बजारमा ल्याएका हुन् ।
उक्त गीतको लय सिर्जना गायक तथा सर्जक रामकुमार कार्कीले गरेका हुन् भने गीतलाई प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा कोपिला तामाङ र उनै विष्णु खड्काको स्वर रहेको छ । शब्द तथा प्रस्तुति उनै गायक खड्काले गरेका हुन् ।
भिडियाे लिंक : https://youtu.be/cgq6wxrEXrA?si=xClFch-tAs7o5jdg
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google