काठमाडौँ । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् । बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ । सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो ।
गायक सापकोटाको 'पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै' लगायत गीतहरू चर्चित छन्।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google