टिम मिलनका विनोद राईले जिते भ्वाइस अफ नेपालको उपाधि

दर्पण दैनिक २७ पुष २०८०,२२:१७
post

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ काे उपाधि टिम मिलनका विनोद राईले जितेका छन् । शुक्रबार (आज) बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्यरूपमा सम्पन्न भएकाे ग्राण्ड फिनाले कार्यक्रममार्फत विजेता घाेषणा गरिएकाे हाे ।  


चारजना कोचको समूहका चार फाइनलिस्ट उपाधिको लागि भिडेका थिए । जसमा कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । यीमध्ये बढी भोट प्राप्त गर्ने विनोद विजेता चुनिएका हुन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: