‘म्युजिक वेव सिरिज’काे मुख्य अभिनेत्रीमा अदिती बुढाथोकी

दर्पण दैनिक १५ जेष्ठ २०८०,१२:३२
post

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी यतिबेला अमेजन प्राइमको ‘म्युजिक वेव सिरिज’मा व्यस्त छन् । नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय उनी अहिले म्युजिक भिडियोसँगै वेव सिरिजहरूमा व्यस्त छन् । 

म्युजिक वेव सिरिज सिजन–१ मा अदिती मुख्य अभिनेत्रीको रूपमा काम गरिरहेकी छन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेव सिरिज’मा अदितीले सिजन–१ देखि सिजन ३ सम्म काम गर्ने भएकी छन् । अमेजन प्राइमबाट रिलिज हुने वेव सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । 

नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको   निर्माणको तयारी पनि भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् । उक्त अनटाइटल चलचित्रमा मुख्य कलाकारको रूपमा ‘बाबरी’कै कलाकारहरू धिरज र अदिति फाइनल भएका थिए । 

 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: