काठमाडौँ । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।
गीत देउडा लोक भाकामा तयार गरिएको छ । म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।
यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको संगीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।
भिडियाे लिंक : https://youtu.be/rU9e_eeVLJk?si=K7V8UQ6P1KjA6GUJ
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google