धनबहादुर गुरुङले ल्याए मौलिक गीत ‘घाँसको भारी’ (भिडियोसहित)

चन्द्रकुमार विश्वकर्मा ८ जेष्ठ २०८०,२१:४५
post

चन्द्रकुमार विश्वकर्मा, काठमाडौं । कला संस्कृतिको धनी तर विकासको हिसाबले पछि परेको क्षेत्र  उत्तरी गोरखाको कला संस्कृतिको विकास तथा प्रचार प्रसारमा लागेका धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङले नयाँ मौलिक गीत  ‘घाँसको भारी’ सार्वजनिक गरेका छन् । सुन्दर उहीया गाउँको परिवेश तथा गाँउका दृश्यहरुलाई जिवन्तरुपमा धनबहादुर गुरुङले यो गीतको भिडियोमा उतारेका छन् । उनले विकासको हिसाबले पछि परेको भएपनि सांस्कृतिक हिसावले सुन्दर ठाँउ भएको सन्देश यो गीतको म्युजिक भिडियोमार्फत दिन खोजेका छन् । 

उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित गीत  ‘घाँसको भारी’ को म्युजिक भिडियो निकै मिहेनत गरेर बनाइएको छ । म्युजिक भिडियोको छायांकन उत्तरी गोरखाको उहीया गाउँमा गरिएको हो । गीतमा उहियाको पुरानो भाकालाई मुख्य प्राथमिकता दिइएको  धनबहादुर गुरुङले जानकारी दिए ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा प्रचलनमा रहेको पुरानो लोक भाकालाई संरक्षण गर्न गीत निर्माण गरिएको गुरुङले बताए । लोकभाकामा आधारित उनको यो चौथो गीत हो । यसअघि ‘लेकाली ठिटो’, ‘हो राजै पियारी’, ‘गयो जोबन’ जस्ता गीत सार्वजनिक भइसकेका छन् ।


गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत यो  म्युजिक भिडियो सार्वजनिक भएको हो । धनबहादुर गुरुङको लय तथा गणेश गुरुङको शब्द संकलन रहेको सो गीतमा शितल गुरुङ र रोजिना गुरुङको स्वर रहेको छ । साथमा धनबहादुर गुरुङ, डोलराज बारघरे, रुवी सिँजाली र प्रेमा रानाको सामुहिक स्वर रहेको छ ।

सो म्युजिक भिडियोमा संगीत संयोजन डोलराज बारघरेले गरेका छन् भने ध्वनी मिश्रण कुमार रानाको रहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: