काठमाडौँ । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको छ ।
यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् ।
जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो । यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
भिडियो लिंक https://youtu.be/hquI7td8HdI?si=HY0zuvfARTFPZaGG
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google