काठमाडाैं । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमकाबीच सामाजिक कथामा निर्माण भएको फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।
यो एकल महिलाको कथावस्तुमा निर्माण भएको फिल्म हो । एकल आमाको जीवनमा खुशी ल्याउनका लागि छोरीले गरेको प्रयासको कथावस्तु ट्रेलरमा हेर्न सकिन्छ ।
फिल्ममा अभिनेत्री करिश्मा मानन्धरले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । उनको छोरीको भूमिकामा प्रमिला कार्की प्रस्तुत छिन् । प्रमिलाको यो डेब्यु फिल्म हो ।
फिल्ममा सरोज खनाल, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको समेत अभिनय छ । स्वप्निल नीरवको कथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । यही असारको २९ गतेबाट फिल्म प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google