'सौभाग्य मेरो जीवनको' सार्वजनिक (भिडियो )

दर्पण दैनिक १८ पुष २०८१,१२:०८
post

काठमाडौँ । बेजिला फिल्मस् को  प्रस्तुतिमा रहेको प्रेमिल गीत 'सौभाग्य मेरो जीवनको' सार्वजनिक भएको  छ । गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ । गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोलाई  लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका  छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा  मुख्य भूमिकामा देखिएका छन् । 

भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन् । भिडियोको  सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन् । जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । भिडियो बेजिला फिल्मस् को आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।

भिडियो लिंक:  https://youtu.be/f18MVpZ0UAU?si=epLL7wgNdLnibmsB

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: