
काठमाडाैं । बलिउड अभिनेत्री परिणीति चोपडा विवाह गर्ने तयारीमा छिन् । उनले आम आदमी पार्टीको राज्यसभा सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ।
उनीहरूले बिहे गर्न लागेको आम आदमी पार्टी कै सांसद सञ्जीव अरोडाले खुलासा गरेका छन् ।
‘म राघव चड्ढा र परिणीति चोपडालाई हार्दिक बधाई दिन चाहन्छु । आशा छ उनीहरूलाई प्रेम, आन्नद र सद्भाव मिलोस्। मेरो शुभकामना छ,’ उनले ट्वीटरमा परिणीति र राघवको तस्बिर सेयर गर्दै लेखेका छन् ।
विवाहको विषयमा परिणीति र राघवले केही बताएका छैनन् ।
भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार उनीहरूको परिवारबीच विवाहको छलफल भइरहेको छ ।
केही समयअघि परिणीति र राघव एकसाथ देखिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google