'ओ हेलो'मा प्रकृति र सायदकाे अन्स्क्रिन प्रेम (भिडियो)

दर्पण दैनिक २९ आश्विन २०८१,०८:४७
post

काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । भिडियो संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा  तयार पारिएको हो । ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक  भिडियो सार्वजनिक गरिएको हो ।

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ । गीतमा शब्द पुष्प लम्सालको रहेको छ । गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन् ।


भिडियो लिंक: https://youtu.be/-_kntSuOvlA?si=HKZ3GbVEAWPi3zrx

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: