गायक मनिष रञ्जन बरालले ल्याए नयाँ भजन (भिडियाे)

दर्पण दैनिक २४ चैत्र २०७९,१५:५१
post

काठमाडाैं । गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । गायक बरालको ‘लैजाउन हे प्रभु मलाई बृन्दावन’ बोलको भजन शुक्रवार सार्वजनिक भएको हो ।

बराल स्वयमको स्वर, संगीत रहेको भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भेषराज भट्टराईको शब्द रहेको भजनको राजन कार्कीले एरेन्जकाे साथै ध्वनी मिश्रण गरेका छन् ।  

अभिनयमा सन्जन पौडेल,करुणा न्यौपाने, भावना कुईलेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ । यस भजनको भिडियोको छायांकन सन्तोष तिमिल्सिनाले गरेका हुन्, भने सम्पादन राजन कार्कीले गरेका हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: