मदनकृष्ण श्रेष्ठसहित १० कलाकारलाई पुरस्कार प्रदान गर्दै चलचित्र विकास बोर्ड (सूचिसहित)

दर्पण दैनिक २ आश्विन २०८०,०८:०२
post

काठमाडाैं । कलाकार मदनकृष्ण श्रेष्ठसहित १० जना कलाकार र एक संस्थालाई सांस्कृतिक रुपान्तरण पुरस्कार २०८० प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डले संविधान दिवसका अवसरमा सो पुरस्कार वितरण गर्न लागेको हो । 

बोर्डको सोमबारको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । भोलि आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला, श्याम सापकोटालगायत कलाकार र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई पुरस्कार प्रदान गर्न लागिएको हो । 

१   मदनकृष्ण श्रेष्ठ
२   विजयरत्न तुलाधर
३   मिथिला शर्मा
४   दयाराम दहाल
५   मुकुन्द किशोर भट्टराई
६   श्याम सापकोटा
७   रेखा थापा
८   दिपाश्री निरौला
९   मनोज पण्डित
१०  मीनबहादुर भाम

११  चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: