दर्शकले रुचाए अछामका हिमाल परियारको पहिलो गीत ‘किन रुवाको’(भिडियो)

दर्पण दैनिक २८ फाल्गुन २०८०,१५:२९
post

काठमाडौं । बाल गायिका पुजा देवकोटा र हिमाल परियारको स्वरमा ‘किन रुवाको’ लोक गीत सार्वजनिक भएको छ । उक्त गीत मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो । 

कलाकार नरेश खातीले शब्द सृर्जना र संगीत भरेको गीतको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । नरेश खातीले नै निर्देशन गरेको गीतको म्युजिक भिडियोमा पुजा देवकोटा र हिमाल परियार नै देखिएका छन् । हिमाल परियारको यो पहिलो गीत पनि हो । 

मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई छोटो समयमा धेरैले रुचाइएको छ । उक्त गीतले यो समाचार तयार पार्दासम्म दुई लाख २७ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।
 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: