‘ह्याप्पी डिभोर्स’मा केकी र रीमा

दर्पण दैनिक ३ आश्विन २०८०,०६:३७
post

काठमाडौं । केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेगरि चलचित्र ‘ह्याप्पी डिभोर्स’ बन्ने भएकाे छ । अभिनेता तथा मोडल विमलेश अधिकारी चलचित्र बनाउन लागेका हुन् । अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही बर्ष गरिनेछ । सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।

सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: