पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत ‘मैनाचरी’ सार्वजनिक (भिडिओ)

दर्पण दैनिक १८ जेष्ठ २०८०,२२:०३
post

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो ।

गायिका मेलिना राईको स्वर रहेको यो राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडिओमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् ।

सुदिप बरालले खिचेको भिडिओको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: