काठमाडौँ । लोकप्रिय गायिका शोभा थापा र बिरबहादुर बुढा सुवासको आवाजमा नयाँ डेउडा गीत ‘पोरी रानी बन’ सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो विशेष फिल्मस् (Bishesh Films) नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । धर्मराज न्यौपाने शिरिको शब्द तथा लय रहेको सो गीतमा बिर बहादुर बुढा सुवासको संगीत रहेको छ ।
गीतको भिडियोमा गायिका तथा मोडल निरुता खत्री र रामसिंह धामीको अभिनय रहेको छ, भने भिडियोमा डेउडा खेलकोसमेत आर्कषक दृश्य समावेश गरिएको छ । भिडियो निर्देशन भने भीम थापाले गरेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google