
काठमाडाैँ । भारतीय आरजे सिमरन सिंह आफ्नै फ्ल्याटमा मृत भेटिएकी छन् । जम्मू कश्मीरकी चर्चित इन्फ्लुएन्सर तथा रेडियो जकी सिंहको गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएकी हुन् ।
बुधबार राति उनको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्जार माध्ययमले जनाएका छन् ।
घटनास्थलबाट कुनै सुसाइड नोट या अन्य तथ्य फेला परेको छैन । भारतीय प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google