यी हुन् ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनका ४ फाइनलिस्ट

दर्पण दैनिक १४ बैशाख २०८२,११:४९
post

काठमाडौँ । इन्द्रकला राई ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । शनिबार प्रसारित सेमिफाइनलको एपिसोडबाट कोच खेम सेन्चुरी समूहका तर्फबाट प्रोसेस पाण्डे फिनालेमा प्रवेश गरे ।

यस सँगै भ्वाइसको यस सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ । टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम राजु लामाबाट प्रमेश राई र टीम मेलिना राईबाट रोशन राई यसअघि नै फिनालेमा प्रवेश गरिसकेका छन् । यीमध्ये एकजनाले आगामी शुक्रबार हुने ग्राण्ड फिनालेमा उपाधि जित्नेछन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: