
काठमाडौं । बलिउड अभिनेत्री तृप्ती डिमरी सन् २०२४ मा भारतीय फिल्मकी सबैभन्दा लोकप्रिय स्टार घोषित भएकी छिन् । विश्व फिल्मको चर्चित डेटाबेस वेब-पोर्टल आइएमडीबीले विहिबार सूची सार्वजनिक गरेको हो ।
डिमरीले शाहरुख खान, दीपिका पादुकोण, आलिया भट्टजस्ता स्टार्सलाई पनि यो दौडमा उछिनेकी छन् । आफूले प्राप्त गरेको यो उपलब्धिको लागि उनले दर्शकलाई धन्यवाद समेत दिएकी छन् ।
आइएमडीबीले यो सूची २५० मिलियन मासिक पेज भिजिटरको आधारमा निर्धारण गरेको जनाएको छ । रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’बाट चर्चामा आएकी तृप्ती पछिल्लो समय दर्शकमाझ चर्चित छिन् । उनको पछिल्लो फिल्म ‘भुलभुलैया ३’ पनि सुपरहिट भएको छ ।
अभिनेत्री दीपिका पादुकोण सूचीमा दोस्रो स्थानमा छिन् । उनलाई तेस्रो स्थानमा इशान खट्टरले पछ्याइरहेका छन् । सूचीको चौंथो स्थानमा शाहरुख खान छन् । पाँचौ स्थानमा शोभित धुलिपाला, छैटौंमा सर्वरी, सातौंमा ऐश्वर्या राय, आठौंमा सामान्था, नवौंमा आलिया भट्ट र दशौंमा प्रभास छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google