‘दुखी आत्मा’ र ‘रंगी’ आजदेखि प्रदर्शनमा

दर्पण दैनिक २ फाल्गुन २०८१,०८:०४
post

काठमाडौँ ।  शुक्रबार (आज) देखि हलमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् ।  फ्राइडे रिलिज अन्तर्गत दुवै फिल्म देशभर एक अर्कासँग भिड्दै रिलिज भएका हुन् ।  ‘दुखी आत्मा’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो भने ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् । 

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुखी आत्मा’ यौन शिक्षाको विषयमा निर्माण भएको फिल्म हो । टिजर, ट्रेलर र ब्रेकअप कविता मार्फत चर्चित फिल्म निर्देशक लामाले नै लेखेका हुन् । हिमाल कडरियाको निर्माण रहेको फिल्मका सुदिप ढकाल कार्यकारी निर्माता हुन् ।

फिल्ममा दयाहाङ र आँचलको अलवा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । फिल्मले रमाइलो तरिकाले गम्भीर विषयवस्तु यौन शिक्षा उठान गरेको छ ।  

सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘रंगी’ बाबु र छोरीको भावनात्मक कथामा निर्माण भएको हो । फिल्म अभिनेता सलोन बस्नेतले नै बनाएका हुन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । सुरेशको यो निर्देशनमा डेब्यु फिल्म हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतम निर्माता रहेको फिल्ममा सलोन र नम्रताको अलवा मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले मिलेर वितरण गरेको हो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: