प्रकाश सपुतले 'दमाई महाराज’ ल्याउने

दर्पण दैनिक २२ जेष्ठ २०८०,१४:१९
post

काठमाडौं  । गायक प्रकाश सपुतले हिट गीत हो ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । ‘बोल माया’ प्रकाशको सांगीतिक करिअरकै सबैभन्दा चर्चित गीत हो । यो गीतको सिरिजका रूपमा भने प्रकाशले 'दमाई महाराज’ बोलको गीत ल्याउने भएका छन् । उनले गीतका बारे फेसबुकमार्फत् जानकारी दिएका छन् । 

उनले लेखेका छन्, ‘भनेको थिएँ नि, यो साल २०८० मा  मैले जातीय विभेदविरुद्धको वर्षको रूपमा आफ्ना सिर्जनाहरु ल्याउने छु। यसको सुरुवात स्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ ‘दमाई महाराज ।’ मेरो करियरका दुई कोशे ढुंगा गलबन्दी र बोल मायाकै अर्को भाग हो, दमाई महाराज ।’

उनले अगाडि लेखेका छन्, ‘बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा थियो,  बोल माया। संयोगवश अहिले म अरब (दुबई)मा छु। र, यहीँबाट बोल माया भाग– २ को टाईटल अनाउन्स्मेन्ट गर्दैछु । गलबन्दी, बोलमाया भाग– २ ले हाम्रो अन्धविश्वास र जात प्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्नेछ ।’

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: