'हाई गर्मी' (भिडियो)

दर्पण दैनिक १४ आश्विन २०८०,१७:४६
post

काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको 'हाई गर्मी' बोलको रोमाण्टिक गीतको  म्युजिक भिडियो  सार्वजनिक भएको छ । गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा प्रोमिस गौतम र अन्जना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोलाई संदेश रिमालले कोरियोग्राफी गरेका हुन्।  सुबिन गोदार र एलेक्स पुडासैनीले भिडियोलाई छायाँकन गरेका हुन्।  बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।  

साउथ अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’, ‘घिर्लिङ, ‘मानवतस्कर’ लगायत    म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् । साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: