
गोपि ढकाल
हिमालयपालित श्रीसम्पन्न वसुधासहित गौरवमय इतिहासबाट अंकुरित भई समृद्धशाली गाथाले उत्कर्षमा पुगेका भूमिपुत्र आदिवासी किराँत जातिलाई किन र कसले बनाउदैछ आप्रवासी मंगोलियन ? किराँतहरूले प्राचीन इतिहासको प्रत्यंकन गर्नु पर्दैन ? क्रिश्चियन मिसनरीका डलरेहरूले न्वारान गरेर उफार्दैमा त्यसै भनिदिने हामी मंगोलियन ?
आजभन्दा झण्डै पाँच हजार वर्ष पहिले इन्द्रप्रस्थमा गर्न लागेको राजसूय यज्ञको पूर्वसन्ध्यामा दिग्विजय यात्राका लागि निस्केका पाण्डवहरू र समृद्ध किराँत राजा सुवाहुबिच भेट भएको थियो । यसरी भेट हुँदा पाण्डव हरूको अप्रतिम वीरतासहितको युद्धकौशल देखेर किराँत राजाले राजसूय यक्षकालागि सहयोग स्वरूप हिरा, मणि-माणिक्य सहित २१ जना भरिया लगाएर पठाएको कुरा महाभारतमा उल्लेख छ ।
किराँतहरूको उत्पत्तिको इतिहास अग्निबाट भएकाले त्यो जातिले जन्म, विवाह र मृत्यु अर्थात शुभकर्म होस वा आशाैच कर्म यी दुबैमा अग्निको आवहान गरिन्छ जसलाई चुल्हापूजा भन्दछन । वैदिक सनातनी किराँतीहरू प्रकृति पूजक भएकाले उधौलि उभौलि पर्वमा पनि अग्निकै पूजा गर्छन । के मंगोलियन मूलवासीले त्यो देशमा अग्निको पूजा गर्दै उधौली-उभौली पर्व मनाएको र जननाशौच, विवाह र मरणाशौचमा चुल्हापूजा भन्दै अग्निको पूजा गरेको तथ्य मिसनरीहरूले देखाउन सक्छन ?
किमार्थ पनि सक्दैनन, किनकि किराँतीहरू मंगोलियाबाट स्थानान्तरण हुँदै आएका आप्रवासी नभएर उनिहरू यही भूमिबाट प्रकट भएका भूमिपुत्रहरू हुन् । हो, मंगोलियन भन्न पाउने अधिकार छ तर त्यसो भन्ने हो, भने मंगोलियाबाट स्थानान्तरण हुँदै आएका हरू आप्रवासी हुन्छन, त्यसैकारण त्यस्ता आप्रवासीहरूलाई आदिवासी जनजाति लेख्ने कुनै अधिकार हुदैन
यस्तै मिसनरी छिरेर त्यहाँको गुप्तचर संस्था केजिबिको प्रमुख बनिसकेका गोर्वाचाेभलाई छनौट गरि विशाल शोभियत संघलाई टुक्रा टुक्रा बनाएको इतिहास पनि हेर्नु पर्दछ । सहोदर दाजु लोधी वंशका राजा इव्राहिम लोधीलाई मारेर राजा बन्ने प्रलोभनमा पर्दा मिर्जाफर हलाल गरेर मारिए मात्र होइन् ।
गद्दारका नामले विश्व इतिहासमा उनको नाम चित्रण गरियो । अङ्ग्रेजको त्यस्तै प्रलोभनमा ठूलो सपना देख्ने मुगल शासनका सेनापती जयचन्द पनि धोकेवाज भन्दै तिनै अङ्ग्रेजबाट भाला रोपिएर मरे । त्यसैगरी आजीवन मुख्यमन्त्री बन्ने अनि दिल्लीकाे पहाडगञ्जमा निर्माण हुने दरवारको मालिक बन्ने प्रलोभनमा पर्दा सिक्किमका काजी लेण्डुव दोर्जे सिक्किम विलय हुनासाथ त्यहाँबाट भागेर रूदै रूदै पश्चिमबंगालको कालेम्पुङमा शरणार्थी बनेर मर्नुपर्यो ।
(ढकाल राप्रपाका केन्द्रीय सचिवालय सदस्य हुन् ।)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google