बाजुरामा ट्याक्टर दुर्घटना हुँदा धनगढीका बिरसिंह चौधरीको मृत्यु

दर्पण दैनिक ३० मंसिर २०८०,१०:५३
post

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा धनगढीका एक पुरुषको मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको अन टेस्ट ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो ।


दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले बताएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाजुरा प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: