काभ्रेका कुन पालिकाकाे बजेट कति ?

दर्पण दैनिक ११ असार २०८३,१२:२२
post

काठमाडाैँ । काभ्रेपलाञ्चोकका ११ वटा स्थानीय सरकारले बुधबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् ।

नमोबुद्ध नगरपालिकाले ९१ करोड ३६ लाख ४३ हजार ९१८ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले चालुतर्फ २० करोड २९ लाख ४४ हजार र पूँजीगततर्फ ७१ करोड सात लाख ९९ हजार १८० रुपियाँको बजेट सार्वजनिक गरेको हो । 

मण्डनदेउपुर नगरपालिकाले एक अर्ब ३१ करोड ६५ लाख ५३ हजार ३८४ रुपियाँको बजेट प्रस्तुत गरेको छ ।  

बनेपा नगरपालिकाले एक अर्ब २१ करोड तीन लाख ४६ हजार ३८५ रुपियाँको बजेट सार्वजनिक गरेको छ । बनेपाले चालुतर्फ ७५ करोड १३ लाख ४४ हजार र पुँजीगततर्फ ४५ करोड ९० लाख दुई हजार ६८५ रुपियाँको बजेट विनियोजन गरेको हो । 

जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी आव २०८३/८४ का लागि चालुतर्फ ४० करोड र पुँजीगततर्फ २४ करोड ३५ लाख ६९ हजार गरी कुल ६४ करोड ३५ लाख ६९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । 

पाँचखाल नगरपालिकाले आगामी आवका लागि चालुतर्फ १६ करोड, पुँजीगततर्फ ४५ करोड ९८ लाख ६५ हजार, ससर्त योजना कार्यक्रम/समपूरक विशेष÷सडक बोर्डतर्फ ३४ करोड ६३ लाख २५ हजार गरी कुल ९६ करोड ६१ लाख ९० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । 

धुलिखेल नगरपालिकाले चालुतर्फ ८० करोड ७० लाख १९ हजार ९६० र पुँजीगततर्फ ४२ करोड ५६ लाख ३४ हजार ५४० रुपियाँ गरी कुल एक अर्ब २३ करोड २६ लाख ५४ हजार पाँच सय रुपियाँ, खानीखोला गाउँपालिकाले ५० करोड पाँच लाख ५५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । 

रोसी गाउँपालिकाले आगामी आवका लागि ७२ करोड ९९ रुपियाँ बजेट सार्वजनिक गरेको छ । 

तेमाल गाउँपालिकाले ५३ करोड २७ लाख ९९ हजार, चौँरीदेउराली गाउँपालिकाले आगामी आवका लागि ५६ करोड ७३ लाख ८२ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

पनौती नगरपालिकाले आगामी आवका लागि चालुतर्फ ९२ करोड २७ लाख ३३ हजार र पुँजीगततर्फ एक अर्ब चार करोड ६८ लाख ४२ हजार रुपियाँ गरी कुल एक अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । 

भुम्लु गाउँपालिकाले आगामी आवका लागि ६१ करोड २९ लाख १६ हजार ५९८ रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । महाभारत गाउँपालिकाले आगामी आवका लागि ६६ करोड ८९ लाख ९८ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: