सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अवस्थित पिकेडाँडाको पर्यटन पूर्वाधार विकासका लागि ३ करोड बजेट विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
लिखुपिके गाउँपालिकाले पिकेपार्क, टेलिस्कोपसहितको भ्यूपोइन्ट हाउस तथा पिके बेसक्याम्पसम्म साइक्लिङ लेन निर्माणका लागि मन्त्रालयलाई प्रस्ताव पठाएको थियो । सोही अनुरुप मन्त्रालयले माग बमोजिमको बजेट विनियोजन गरेको पालिका अध्यक्ष मिना कार्की बस्नेतको सचिवालयले जनाएको छ ।
समुन्द्र सतहबाट करिब ४ हजार ६७ मिटर उचाइमा रहेको पिकेडाँडा प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको सम्भावना बोकेको क्षेत्र हो ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले पर्यटन पूर्वाधार विकासमा विशेष चासो र प्रतिबद्धता देखाउँदै बजेट स्वीकृत गरिदिएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे तथा बजेट सुनिश्चित गर्न विशेष पहल र समर्थन पुर्याएका पूर्वमन्त्री बलबहादुर केसीप्रति धन्यवाद दिदैँ आभार प्रकट गरेकी छन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google