मलकाे कोटा बढाउन र मौज्दात रहेकाे मल तुरुन्त उपलब्ध गराउन गोरखाका कृषकको माग

दर्पण दैनिक ५ असार २०८३,१२:४७
post

गोरखा । गोरखा नगरपालिकाका कृषकहरूले रासायनिक मलको कोटा बढाउन र प्रदेश सरकारसँग रहेको मौज्दात मल तुरुन्त उपलब्ध गराउन माग गरेका छन् । धान र मकै खेतीको महत्त्वपूर्ण चरण सुरु भइसक्दा पनि माग अनुसारको मल नपाएपछि उनीहरूले यस्तो माग राखेका हुन् ।

गोरखा नगरपालिकामा हाल १०५ वटा कृषि समूह, १६ वटा कृषि सहकारी र २०० भन्दा बढी व्यावसायिक कृषि फार्म सञ्चालनमा छन् । यी संस्था आबद्ध हजारौँ कृषक यतिबेला मलको पर्खाइमा छन् ।

गोरखा नगरपालिकाका कृषि अधिकृत ऋषि रोकाका अनुसार नगरपालिकाको वार्षिक आवश्यकता ५ लाख ५० हजार केजी युरिया, २ लाख ३० हजार केजी डीएपी र १० हजार केजी पोटास रहेको छ । तर, विगतका वर्षहरूमा वास्तविक मागको तुलनामा ४० प्रतिशत मात्र मल प्राप्त हुँदै आएको छ । जसका कारण कृषकहरू बर्सेनि अभाव, लामो लाइन र अनिश्चितताको सास्ती भोग्न बाध्य छन् ।

कृषकहरूका अनुसार मुख्य समस्या मलको तत्कालीन अभाव मात्र नभई जिल्लाका लागि निर्धारण गरिएको कोटा नै निकै कम हुनु हो । कृषकको संख्या, खेतीयोग्य क्षेत्रफल र उत्पादनको सम्भाव्यताका आधारमा हालको कोटा पुनरावलोकन गरी वृद्धि गर्नुपर्ने माग उठेको छ ।

गण्डकी प्रदेश सरकारले स्थानीय तह, कृषि ज्ञान केन्द्र र सम्बन्धित निकायको सिफारिसमा मन्त्रीस्तरीय निर्णय गरेर 'बफर स्टक' बाट थप मल उपलब्ध गराउन सक्ने कानुनी व्यवस्था छ । त्यसैले, अहिले गुनासो मात्र नगरी तथ्यका आधारमा तत्काल पहल गर्नुपर्ने कृषकहरूको जोड छ ।

गोरखा नगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले वास्तविक माग संकलन गरी तत्काल प्रदेशमा सिफारिस गर्नुपर्ने माग किसानकाे छ । त्यस्तै, कृषि ज्ञान केन्द्र गोरखाले जिल्लाको समग्र आवश्यकता मूल्याङ्कन गरी कोटा वृद्धि र बफर स्टकका लागि प्रदेश मन्त्रालयमा पहल गर्नुपर्ने र गण्डकी प्रदेशको कृषि मन्त्रालयले कृषकको आवश्यकतालाई आधार बनाएर मन्त्रीस्तरीय निर्णयमार्फत थप मल निकासा गर्न माग गरिएकाे छ । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: