काठमाडौं । स्वदेशी फूल विक्रीका लागि काठमाडौँ महानगरपालिकाले यस वर्ष तिहारमा कठमाडौंका चार स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाएको छ । यो सँगै नेपाली उत्पादनलाई प्राथमिकता दिने बताएको महानगरपािलकाले फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको संयुक्त प्रयासमा अनुगमन समेत गरिरहेको छ । आज विहानैदेखि फ्लोरिकल्चर एसोसिएसन नेपाल र नगर प्रहरीको टोलिले अनुगमन गरिरहेको छ ।
अनुगमनको क्रममा टोलिले काठमाडौं १७ खुशिबु शोभा भगवती मन्दिर छेउमा अबैधरुपमा भारतीय माला तथा फूल विक्रि गरिरहेको भेटाएपछि सटरमा ताला लगाएको थियो । विल विजक नभएको र जुत्ता पसल रहेको सटर खाली गराएर फूल तथा माला बेचिरहेको अवस्थामा भेटिएपछि सो सटरमा ताला लगाइएको थियो । सो विवाद सोह्रखुट्टे प्रहरीमा पुगेपछि प्रहरीले फ्यानका पदाधिकारीसहितको टोलि, जनप्रतिनिधि र फूल बेच्ने व्यक्तिलाई राखेर सो अबैध करिब ५ हजार मालाई नष्ट गर्ने गरि कागज गरिएको एक पुष्प व्यवसायीले बताए ।अनुगमनमा फ्यान प्रतिनिधि मन्जु तामाङ, भीम रसाइली, कमला भण्डारी, पूजा मर्हजनलगायत फ्यानकाे कट फ्लावर रिटेल सब–कमिटी खटिएकाे छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका कार्यसमिति सदश्य तथा पुष्प व्यवसायी राजु तामाङका अनुसार आज विहानैदेखि काठमाडौंका विभिन्न स्थानमा महानगरपालिका र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त टोलिले अनुगमन गरिरहेको छ । सो क्रममा भोटिएका अबैध फूल तथा माला नष्ट गरिने र नेपाली उत्पादनलाई महानगरपालिकाले तोकेको ठाँउमा लगेर बेच्न सघाउने तामाङले बताए । उनले भने, ‘भारतबाट वैधानिक रुपमा आएको र मापदण्ड अपनाएर बेच्ने फूलमाला दर्ता भई फूलकै कारोबार गर्ने व्यवसायीले सटरबाट बेच्न पाउने छन्, भने नेपाली उत्पादन तोकिएको खुला स्थानबाट समेत बेच्न पाउनेछन् ।’
काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाएको छ ।
हिजोमात्रै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध नगर्ने बताएका थिए । उनले भनेका थिए , ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’
किसानलाई स्वदेशी उत्पादन विक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले, उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरेका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google