काठमाडौँ । नेपालमा भित्रिने रेमिट्यान्स (विप्रेषण)मा नयाँ रेकर्ड कायम भएको छ । चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड कायम भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको चैतमा महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म (९ महिनामा) रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । गत आव सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।
चालु आव चैतसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशत बढेको थियो । चालु आव चैतसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड थियो ।
चालु आव चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ९४ हजार १ सय ८६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ छ । गत आव सोही अवधिको तुलनामा यस्तो संख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ थियो । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको अर्थविद्हरूले बताएका छन् ।
३५ खर्ब नजिक पुग्यो विदेशी मुद्रा सञ्चिति
रेमिट्यान्स आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति ३५ खर्ब नजिक पुगेको छ । गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष ९ महिना (चैत मसान्त) सम्म ३०.५ प्रतिशत बढेर ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको हो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड बराबर रहेको सञ्चिति चैत मसान्तसम्म २०.८ प्रतिशत बढेर २३ अर्ब ५५ करोड पुगेको छ । उक्त सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैतसम्म २७.७ प्रतिशत वृद्धि भई ३० खर्ब ८२ अर्ब पुगेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रहेकोमा ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ । ९ महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जिडिपी) अनुपात ५७.२ प्रतिशत बराबर छ । असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो । ९ महिनामा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड र कुल आयात १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)





















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google