काठमाडौँ । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ का साथै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको हो ।
सामसङको फोल्डेबल स्मार्टफोनको यो आठौँ पुस्ता हो। कम्पनीका अनुसार नयाँ सिरिजमा डिजाइन, टिकाउपन, पोर्टेबिलिटी तथा सफ्टवेयर अनुभवमा गरिएको सुधारसँगै नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभवलाई प्राथमिकता दिइएको छ।
ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र जेड फोल्ड ८ का ठूला डिस्प्लेले एआईमा आधारित विभिन्न काम गर्न थप कार्यक्षेत्र उपलब्ध गराउने कम्पनीको दाबी छ। प्रयोगकर्ताले विभिन्न एपबीच बारम्बार स्विच नगरी सामग्री समीक्षा, तुलना, सिर्जना तथा अन्य काम गर्न सक्नेछन्।
त्यस्तै, ग्यालेक्सी जेड फ्लिप ८ ले सानो तथा पोर्टेबल फोल्डेबल डिजाइनमा एआईसँग छिटो अन्तरक्रिया गर्ने सुविधा र सिर्जनात्मक प्रयोगलाई प्राथमिकता दिएको छ। नयाँ ग्यालेक्सी वाच सिरिजले स्वास्थ्य तथा वेलनेससम्बन्धी कनेक्टेड अनुभवलाई थप विस्तार गर्ने कम्पनीले जनाएको छ।
प्रिमियम फोनको स्वामित्वलाई सहज बनाउने योजना
नयाँ उत्पादन सार्वजनिक गर्दै सामसङ नेपालले स्मार्टफोनको बिक्रीमा मात्र नभई ग्राहकको सम्पूर्ण ओनरशिप अनुभवलाई केन्द्रमा राखेको जनाएको छ। कम्पनीले यसका लागि सुलभता, पहुँचयोग्यता र दिगोपनालाई मुख्य आधार बनाएको छ।
सामसङका अनुसार एचएफएलमार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनाको ईएमआई सुविधा उपलब्ध हुनेछ। योग्य उच्चस्तरीय ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म पुर्याउँदै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्यसमेत राखिएको छ।
यसका अतिरिक्त ट्रेड–इन बोनस, कनेक्टिभिटी सुविधा तथा योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको क्यासब्याकमार्फत ग्राहकलाई थप लाभ दिने कम्पनीको योजना छ।
डिजिटलदेखि रिटेलसम्म एउटै सेवा
सामसङले आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा डिजिटल तथा भौतिक बिक्री प्रणालीलाई एकीकृत गर्ने जनाएको छ। यसअन्तर्गत डिजिटल केवाईसी वा रेमिट्यान्स प्रमाणीकरणदेखि प्रि–अर्डर, डेलिभरी तथा सामसङ ब्रान्ड स्टोरबाट उत्पादन प्राप्त गर्नेसम्मको प्रक्रियालाई एउटै सहज यात्रामा जोडिनेछ। कम्पनीका अनुसार ग्राहकले विभिन्न माध्यमबाट खरिद गर्दा पनि स्वीकृत सुविधा तथा जानकारीमा एकरूपता कायम गर्ने लक्ष्य राखिएको छ।
पुराना उपकरणको मूल्य संरक्षणमा जोड
सामसङले नयाँ उपकरण खरिदसँगै पुराना उपकरणको पुनःप्रयोग तथा ट्रेड–इन प्रणालीलाई पनि प्राथमिकता दिएको छ। ट्रेड–इनका लागि योग्य उपकरणलाई एप्कुडो तथा स्थानीय साझेदारको सहकार्यमा परीक्षण, मूल्याङ्कन र प्रशोधन गरिनेछ। उपयुक्त अवस्थामा पुराना उपकरण मर्मत गरी पुनः प्रयोगमा ल्याउने व्यवस्था गरिने कम्पनीले जनाएको छ।
यसबाट ग्राहकले पुरानो उपकरणबाट मूल्य प्राप्त गर्न सक्ने, उपकरणको प्रयोग अवधि बढ्ने तथा विद्युतीय फोहोर घटाउन सहयोग पुग्ने सामसङको भनाइ छ।
विभिन्न साझेदारलाई एउटै इकोसिस्टममा जोडिँदै
सामसङ नेपालले एचएफएल, इसेवा, एनसेल, एप्कुडो, रेमिट्यान्स साझेदार, आईएमएस र हिम इलेक्ट्रोनिक्सलाई एउटै साझेदारी इकोसिस्टममा जोडेको जनाएको छ।
कम्पनीका अनुसार वित्तीय सुविधा, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड तथा बिक्री वितरण प्रणालीलाई छुट्टाछुट्टै प्रवर्द्धनका रूपमा नभई एउटै ग्राहक अनुभवका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जुङले नयाँ ग्यालेक्सी जेड सिरिजको उद्देश्य नेपालमा प्रिमियम प्रविधि भित्र्याउनु मात्र नभई ग्राहकको सम्पूर्ण स्वामित्व यात्रालाई सहज बनाउनु रहेको बताए।
उनका अनुसार सुलभता भनेको एउटा छुटमा मात्र सीमित नभई विभिन्न सुविधा र लाभको संयोजन हो भने पहुँचयोग्यता भनेको ग्राहकले योग्यता परीक्षणदेखि खरिद र उत्पादन प्राप्तिसम्मको प्रक्रिया सहज रूपमा पूरा गर्न सक्नु हो। त्यस्तै, दिगोपनाले पहिलो ग्राहकपछि पनि उत्पादनको मूल्य र उपयोगिता कायम राख्ने विषयलाई समेट्ने उनले बताए।
नेपालमा सामसङको सीएसआर गतिविधि पनि विस्तार
सामसङले नेपालमा उत्पादन बिक्रीबाहेक स्थानीय क्षमता तथा सीप विकासमा पनि काम गरिरहेको जनाएको छ। हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा कम्पनीले स्थानीय टेलिभिजन उत्पादनलाई सहयोग गर्दै आएको छ। त्यस्तै, सामसङ इनोभेसन क्याम्पसमार्फत विश्वव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम ‘टुगेदर फर टुमोरो! इनेबलिङ पिपल’ अन्तर्गत नेपाली युवालाई कोडिङ, प्रोग्रामिङ तथा एआईसम्बन्धी सीप विकासमा सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।
साउन २९ देखि प्रि–अर्डर खुला
सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजका लागि भिआईपी र सामान्य प्रि–अर्डर प्याकेज सार्वजनिक गरेको छ। प्रि–अर्डर अगस्ट १३ अर्थात् साउन २९ देखि स्टक उपलब्ध रहुन्जेल खुला गरिएको कम्पनीले जनाएको छ।
भिआईपी प्रि–अर्डर प्याकेज
भिआईपी प्रि–अर्डरअन्तर्गत ६८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ। एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक दुई वर्ष निःशुल्क, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा२ मा १० हजार रुपैयाँ छुट, गुगल एआई प्रो ६ महिनासम्म निःशुल्क, १८ हजार ३५१ रुपैयाँसम्मको बचत, निःशुल्क फोन कभर, दुई वर्षको थप वारेन्टी सुविधा, सामान्य प्रि–अर्डर प्याकेज सामान्य प्रि–अर्डर प्याकेजमा ५८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने जनाइएको छ।
एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक दुई वर्ष निःशुल्क
१५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, गुगल एआई प्रो ६ महिनासम्म निःशुल्क, निःशुल्क फोन कभर, दुई वर्षको थप वारेन्टी सुविधा कम्पनीका अनुसार नयाँ सिरिजको प्रि–अर्डर स्टक उपलब्ध रहुन्जेल खुला रहनेछ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)


























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google