स्मार्ट टेलिकम प्रकरण : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे सिन्धुलीबाट पक्राउ

दर्पण दैनिक ३० बैशाख २०८३,११:२८
post

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो ।

सीआईबीका अनुसार पाण्डेले प्रयोग गर्दै आएको मोबाइल फोन बन्द गरी भाग्ने प्रयास गरिरहेका बेला मंगलबार राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

के हो प्रकरण ?

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते अनुमतिपत्र लिई सञ्चालनमा आएको ‘स्मार्ट टेलिकम प्रा. लि.’ ले नियमानुसार नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि यसको अनुमतिपत्र स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ बमोजिम उक्त कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

तर, लोन रिकभरी कमिटी (LRC) को अध्यक्ष समेत रहेका ६३ वर्षीय पाण्डेले उक्त सम्पत्ति लिलामी प्रक्रियामा सरकारी हक टुटाउने उद्देश्यले बेइमानीपूर्वक कार्य गरेको सीआईबीको ठहर छ । सीआईबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसूर गरेको देखिएको छ ।'


४० करोडको आर्थिक अनियमितता

सीईओ पाण्डेमाथि बैंकले २०८२ असोज ३ गते निकालेको लिलामी सूचनाका क्रममा समेत ठगी गरेको आरोप छ । लिलामीको सूचनामा स्मार्ट सेलका उपकरण जडान भएका घरधनीको घरबहाल र विद्युत् महसुलबापतको ४० करोड रुपैयाँ बोलपत्रदाताले थप बुझाउनुपर्ने सर्त राखिएको थियो ।

बैंकले बोलपत्रदाताबाट उक्त रकम असुल गरे पनि हालसम्म सम्बन्धित घरधनी र प्राधिकरणलाई विद्युत् महसुलबापतको रकम भुक्तानी नगरेको प्रहरी अनुसन्धानमा खुलेको छ । "सो रकम बैंकले लिई हालसम्म घरधनीलाई घरबहालका साथै विद्युत् महसुल समेत नदिई/नतिरी ठगी गरेको कसूरमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ," सीआईबीले जनाएको छ ।

ललितपुर महानगरपालिका–५ मानभवन बस्ने पाण्डेलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिमको कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: