माउन्टेन ड्यु पिएर उपभोक्ता बिरामी परेपछि एक्सनमा मन्त्री, बरुण बेभरेजमाथि छानबिन

दर्पण दैनिक १ जेष्ठ २०८३,०७:३९
post

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा माउन्टेन ड्यु पिउनासाथ एक उपभोक्ता गम्भीर बिरामी परेको घटनाप्रति कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले गम्भीर चासो व्यक्त गरेकी छन् । उनले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै तत्काल कडा कारबाही र सूक्ष्म अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।

मन्त्री चौधरीले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तत्कालै फिल्डमा उत्रिएर कारबाही प्रक्रिया अघि बढाउन 'एक्सन' आदेश दिएकी हुन् । उनले कुनै पनि व्यावसायिक घराना वा कम्पनीले गुणस्तरमा सम्झौता गरे कानुनी कठघरामा उभ्याइने स्पष्ट पारेकी छन् ।

मन्त्रीको निर्देशन लगत्तै विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ (RRT) सक्रिय भई उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिको उद्योग परिसरमै पुगेर प्रारम्भिक छानबिन सुरु गरेको छ । मन्त्री चौधरीले बिरामी परेका उपभोक्ताले सेवन गरेको ब्याच नम्बर १६८ (उत्पादन मितिः ०३–०४–२६) का २५० मिलिलिटर प्याकका सम्पूर्ण उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न र तिनको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिएकी छन् ।

विभागीय अनुसन्धानका क्रममा मन्त्रीको निर्देशन बमोजिम बरुण बेभरेजलाई उक्त विवादित ब्याचमा प्रयोग भएका कच्चापदार्थको स्रोत, मिश्रणको विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण ल्याब रेकर्डहरू ५ दिनभित्र विभागमा पेस गर्न पत्राचार गरिएको छ । कम्पनीले बुझाउने विवरण र प्रयोगशालाको प्रतिवेदनका आधारमा थप कदम चालिने विभागले जनाएको छ ।

अनुगमन टोलीले उद्योगको गोदाममा छापा मारी सोही ब्याचको बाँकी रहेको २४ बोतल (१ क्रेट) बरामद गरी नमुना संकलन गरेको छ । उक्त संकलित नमुनालाई सरकारी प्रयोगशालामा वैज्ञानिक परीक्षणका लागि पठाइसकिएको छ । प्रयोगशालाको नतिजा नआएसम्म उक्त ब्याचका कुनै पनि पेय पदार्थ बजारमा पठाउन नपाइने गरी उद्योगलाई रोक लगाइएको छ ।

मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, ‘नागरिकको भान्छा र स्वास्थ्य सुरक्षित राख्नु सरकारको सर्वोच्च प्राथमिकता हो । प्रयोगशालाको रिपोर्टमा सामान्य मात्र पनि कैफियत देखिएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कम्पनीलाई हदैसम्मको कारबाही सुनिश्चित गरिनेछ ।’

मन्त्रीले आफ्ना डिलर र वितरण सञ्जाललाई समेत उक्त ब्याचको उत्पादन बिक्री नगर्न तत्काल सूचित गर्न कम्पनीलाई कडा चेतावनी दिएकी छन् । विभागले देशभरका आफ्ना एकाइहरूलाई सो ब्याचको उत्पादन बजारमा भेटिए जफत गर्न समेत सर्कुलर जारी गरेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: