
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराएका हुन् । गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
शपथ ग्रहणलगत्तै अर्थमन्त्री डा. वाग्लेले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षा र हितका लागि इमानदारीपूर्वक काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिए। बजारमा कुनै पनि प्रकारका लोभ, प्रलोभन र बाह्य प्रभावबाट टाढा रहेर आफ्नो जिम्मेवारी वहन गर्न उनले सचेत गराए । पुँजी परिचालनमार्फत मुलुकको आर्थिक वृद्धिको लय समात्न बोर्डको नेतृत्वले विशेष ध्यान दिनुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ नवनियुक्त अध्यक्षलाई निर्देशन दिँदै अर्थमन्त्री डा. वाग्लेले भने, ‘तपाईंको साथमा म छु र सरकारले आवश्यक सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’
अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिने र वार्षिक कार्ययोजना स्पष्ट समयसीमासहित पेस गर्न समेत निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाझ त्रास सिर्जना गर्ने प्रवृत्ति सक्रिय रहेको उल्लेख गर्दै उनले त्यसलाई तत्काल चिर्न बोर्ड नेतृत्वलाई आग्रह गरे ।
‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा विश्वास (कन्फिडेन्स) बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘मन्त्रालयबाट काममा कुनै प्रकारको हस्तक्षेप हुने छैन । धेरै बोलेर होइन, काम र नतिजाबाट प्रमाणित गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको मार्गनिर्देशन अनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)


































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google