
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीका केही गाउँबस्तीमा भएको द्वन्द्व र विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
२०८३ साउन १४ गते निर्मल निवासस्थित सम्वाद सचिवालयमार्फत जारी 'सद्भाव सन्देश'मा पूर्वराजा शाहले सुनसरीमा केही दिनअघि भएको झडपका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भू-भागमा फैलिँदै जाँदा जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गरेका छन्।
नेपाली समाज बहुजातीय, बहुभाषिक र विविध धर्म-संस्कृतिले भरिपूर्ण रहेको स्मरण गराउँदै सन्देशमा भनिएको छ, "हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुशी एक-अर्कामा मायाप्रिति गाँसी रहिआएका जातजाती हौँ। यही विशिष्ट धार्मिक, सांस्कृतिक एवम् सामाजिक गुणका कारण विश्वमा हाम्रो सम्मान छ। यो विशेषता र गौरव गरिमालाई हामीले गुम्न दिनु हुँदैन।"
समाजका सबै समुदायमा सामञ्जस्य रहेको नेपालमा यस्ता अवाञ्छित घटनाहरू घट्नु मौलिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गर्दै पूर्वराजा शाहले जुनसुकै भू-भागमा रहेका नेपालीहरूलाई एकापसमा मिलेर बस्न र सद्भाव जोगाउन आग्रह गरेका छन्।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)


















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google