
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । सभापति लामिछानेलाई अदालत लैजाँदै गर्दा रास्वपाका कार्यकर्ताले जिरो किलोमिटरबाट प्रदर्शन गरेका थिए ।
उनीहरु निषेधित क्षेत्र नजिक पुगेपछि प्रहरीले अश्रुग्याँस हानेका हो । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google