सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले अहिले सदनमा चलिरहेको ‘हिंसा’सम्बन्धी विवादबारे पनि प्रचण्डले मुख खोलेका छन् । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका उनले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले माओवादी र ‘जनयुद्ध’लाई हेपेर बोल्नु राम्रो नभएकाे बताएका हुन् ।
उनले भने, ‘एमालेका साथीहरूले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समय जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरूले राम्रोसँग ब्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उनले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेखित शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरूई सचेत गराउन चाहन्छु ।’
सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उनले बताए । माओवादीको महत्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन दाहालले आग्रह गरे ।
भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकार अघि बढे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन् । उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गरे । अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने दाहालले बताए ।
अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्रै गरिएको उल्लेख गर्दै उनले सच्चिने होइन भने सदन र सडक दुवै ठाउँबाट आन्दोलन अघि बढाउने बताए । सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोख्यान गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए । भदौ ११ गते संसद्मा आफ्नो सम्बोधन उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उनले उल्लेख गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google