जनमत पार्टीको प्रवक्ता बने शरदसिंह यादव

दर्पण दैनिक २९ असार २०८०,१४:२१
post

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । हिजो राति अबेरसम्म बसेको सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।  यो पटक सो पार्टीको केन्द्रीय समितिमा दुईसय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए ।

केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका तीन चार जना योपटक सचिवालयमा परेका छन् । जनमत पार्टी स्रोतकाअनुसार पार्टीको विधानअनुसार भने केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । पार्टीको विधान अनुसार ३५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्छ । अहिले २१६ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

पछिल्लो समय जसपा नेपालबाट प्रवेश गरेका नेतामध्ये अधिकांश शीर्ष नेतालाई केन्द्रीय समितिमा समेटिएको छ । जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ भने लोसपाबाट प्रवेश गरेका डा.शरदसिंह यादव सचिवालयमा परेका छन् । उनलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।

त्यस्तै, हालै लोसपा छाडेर उक्त पार्टीमा प्रवेश गरेका पल्टन ठाकुरलाई पनि राजनीतिक समितिमा राखिएको छ । जसपाबाट प्रवेश गरेका करिमा बेगम, सन्ध्या देव, प्रल्हाद गिरी र  लोसपाबाट प्रवेश गरेका राजेश मिश्रलाई राजनीति समितिमा राखिएको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: