काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन्। सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले सोमबार दिउँसो पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन् ।
यो उनको पहिलो निर्णय हो । यसअघि राजतन्त्र हुँदा सम्मा मात्रै यो प्रचलन थियो । त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व. नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन् ।
प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google