काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी संसदीय दलकी सचेतक निशा डाँगीले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको द्वन्द्वमा संसद् बन्दी भएको टिप्पणी गरेकी छन् । १ क्विन्टल सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी एमाले र सरकारबीच छानबिन प्रक्रियामा असमझदारी बढेपछि संसद्मा त्यसको प्रत्यक्ष असर परेको छ। सोही विषयमा टिप्पणी गर्दै सांसद डाँगीले भनिन्, 'सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद् चल्न नदिने अडान लिएर बसेका छन्, रास्वपाको आवाज सुनिएको छैन ।'
सचेतक डाँगीले आफूहरूले छानबिन जरैसम्म पुगोस् भनेको तर सुनुवाई नभएको बताइ छन् । ‘हामीले सरकारले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् भनेका छौं, सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद् बन्दी भएको छ,’ उनले बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो भने मंगलबारको बैठकलाई सहमतिमा संचालन गर्ने प्रयास असफल भएको छ । यद्यपि, दलहरूले आफ्ना धारणा सुन्ने र सुनाउनेमा भने सहमति गरेका छन्। १ बजे बस्ने भनेको बैठक आज पनि बस्न सकेको छैन ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google