
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । यसअघि २०७९ को निर्वाचनमा पनि माओवादीले नै जितेको यो पद यस उपनिर्वाचनमा पनि जोगाएको हो ।
माओवादीकी तिमिल्सिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढालाई पराजति गरेकी हुन् । एमालेकी जाना शाही तेस्रो स्थानमा छिन् । यहाँ कुल ४ हजार ५२४ खसेकामा माओवादीकी तिमल्सिनाले १ हजार ६३७ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी बुढाका पक्षमा १ हजार ५९४ मत परेको छ । एमालेकी जाना शाहीले १ हजार १३२ पाइन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा चन्द्रसिंह कार्की माओवादी केन्द्रबाट निर्वाचित भएको यस पदमा एमालेकी जुनकुमारी फडेरा पराजित भएकी थिइन् । कार्कीले ३ हजार २६९ मत ल्याएका थिए । उनको केही समयअघि सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google