काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।
बैठकमा जारी संसद् अवरुद्ध हटाउने, विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका विषयमा छलफल हुनेछ ।
त्यसैगरी पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा माओवादीप्रति कांग्रेस सांसदहरूले आशंका व्यक्त गर्दै आएका छन् । शर्मा पक्राउपछि उत्पन्न परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुने छ ।
डेंगु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पी स्किन रोग नियन्त्रणमा लिनुको साथै राहतका कार्यक्रमहरू सञ्चालन गर्न कांग्रेसले शुक्रबार नै सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google