एमाले सुदूरपश्चिम अध्यक्षमा कर्ण थापापक्षका जैसी सर्वसम्मत, यी हुन् पदाधिकारी

दर्पण दैनिक २५ आश्विन २०८०,१२:०५
post

काठमाडौं । नेकपा (एमाले)को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन भएका छन् । स्थायी कमिटी सदस्य कर्ण थापापक्षीय कृष्णप्रसाद जैसी प्रदेश अध्यक्ष बनेका छन् । अध्यक्षका आकांक्षी भरत साउद, कमल तिमिल्सिना, बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

तिमिल्सिना र सिंहले बुधबार नै उमेदवारी फिर्ता लिएका थिए । नेता भीम रावलपक्षीय साउदले उमेदवारी फिर्ता लिन मानेका थिएनन् । रावलनिकटलाई उपसचिव बनाउने सहमतिपछि उनी पछि हटेका हुन् ।

पाँचै पदाधिकारी सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कालीबहादुर शाही चुनिएका छन् ।

सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागीरथी विष्ट र नरबहादुर विक चयन भएका पालले जानकारी दिए । सदस्यहरू पनि केही मात्र चुनिन बाँकी रहेको उनले बताए ।

यही असोज २१ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम अधिवेशन उद्घाटन गरेका थिए । सहमति जुटाउने नाममा अधिवेशनको अवधि लम्ब्याइएको थियो ।

बाँकी केही सदस्य पदमा भने चुनाव हुने भएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: