संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता

दर्पण दैनिक ११ भाद्र २०८१,०७:५७
post

काठमाडाैं । दल मर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टी र भरत गिरी नेतृत्वको आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता घोषणा भएको छ । यी दुबै पार्टीबीच एकता भएर आमुल परिवर्तन नागरिक पार्टी घोषणा भएको हो ।

पार्टी एकतापछि विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै मुलुकको परिस्थतिलाई मध्यनजर राख्दै मिसन ८४ लक्षित योजना बनाई अघि बढ्ने बताइएको छ। अहिले पार्टीको अध्यक्षमा दुबै जना कायम रहेका छन् ।

उनीहरुले ठूला भनिएका पार्टीहरूबाट गणतन्त्रको उपहास गर्दै मुलुकलाई भडखालोमा हाल्ने काम भइरहेको र यसको विकल्पमा पार्टी एकीकरण गरिएको बताएका छन् ।

यस्ता छन् राजनीतिक एजेण्डाहरुः

१. औद्योगिक क्रान्ति नै आर्थिक समृद्धिको एकमात्र विकल्प भएकोले देशमा औद्योगिक क्रान्ति शुरु गर्नेछौं।

२. नेपालको–भारतसंग गरेको असमान शन्धि खारेज गरी नेपालले गुमाएको भुमि फिर्ता गर्न आवश्यक कदम चाल्ने साथै नेपालको हित विपरित गरेका विभिन्न सम्झौताहरु खारेज गर्ने।

३. सिमा क्षेत्रमा रहेका जनतालाई छिमेकीबाट दिदैं गरेको पीडाबाट मुक्त गर्न सिमानामा तारबार तथा पर्खाल निर्माणको काम फत्ते गर्ने।

४. तराई क्षेत्रमा हुने शीतलहरको शिकार तथा डुबानबाट जोगाउन साथै पहाडी भेगमा वर्षेनी हुने पैरोबाट जोगाउने नीति अबलम्बन गर्ने।

५. गरिबी उन्मुलन कार्यक्रम गरिवीको रेखामुनी परेकालाई राज्यले पालनपोषण गर्ने, तथा विदेश गएकाहरुलाई देश फरक र देश निर्माण अभियान चलाउने।

६. सार्वजनिक पद दुरुपयोग गरी कमाएका सम्पूर्ण अकूत सम्पति राष्ट्रियकरण गरिने।

७. नागरिकता बिहिन नागरिकहरुलाई नागरिकता प्रदान गर्ने ताकी नागरिक भएर पनि नागरिकता नपाउने नीति पुर्णरुपमा अन्त्य गरी उमेर पुगेका कुनैपनि नागरिक नागरिकता विहिन नहुने।

८. नेपाल बन्द, हडताल तथा तोडफोडको आन्दोलन पुर्णरुपमा रोकी आन्दोलनको मापदण्डको व्यवस्था ल्याई कडाईका साथ लागु गर्ने।

९. इन्टरनेट राज्यले देशै भरि निशुल्क गर्ने ताकी कोहीपनि संचार विहिन वा संचारको निम्ति खर्च गर्न नपरोस।

१०. देशै भरि सबैको निम्ति निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था गर्ने।

११. देशमा हत्या हिंसा पूर्णरुपमा रोक्न सबै निशस्त्रिकरण अभियान चलाउने।

१२. सबै अल्प संख्याक धार्मिक समुदायहरुको आयोग निर्माण गर्ने तथा सामाजिक कुप्रथा उन्मुलन आयोग गठन गर्ने।

१३. सबै अल्प संख्याक जाती तथा सीमान्तकृतहरुको उत्थान र विकास निर्माण सम्बन्धि आयोग गठन गरि सबैको समान विकास गर्ने।

१४. देशमा नयाँ कानुन निर्माण गरी भ्रष्टाचार, घुसपैठ, हत्या, बलात्कार, मानब बेचबिखन तथा देशको राष्ट्रिय अखण्डता वा सार्वभौम प्रतिकुल क्रियाकलापलाई सर्वस्व सहित जन्म कैदको व्यवस्था गरिने।

१५. पंचायतकाल देखि सार्वजनिक पदमा रही कमाएका कालोधन राष्ट्रियकरण गर्ने।

१६. कुनैपनि राजनीतिक नेता तथा सार्वजनिक पदमा रहेकाहरुलाई स्वास्थ्य परिक्षण गर्न,छोराछोरी विदेश पढाउन साथै विदेशी बैंकमा रकम जम्मा गर्न पुर्णरुपमा बन्द गर्ने।

१७. देश विकासमा सेना तथा आवश्यक संख्यामा जनशक्ति खडा गरि राष्ट्र निर्माण गरिने तथा गलत मुद्दामा फसाई लामो जेल जीवन व्यतित गरिरहेकाहरुलाई छानबिन गरि जेल मुक्त गरिने साथै लामोसमयसम्मको लागि थुनामा परेकाहरुलाई देश निर्माणमा लगाउने ताकी थुनिएर समय बिताउनुपर्ने बाध्यतालाई अन्त गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिलाउने।

१८. गरिबीको रेखामुनी परेकाहरुलाई राज्यलेनै गाँस र कपासको साथै छोराछोरीलाई राज्यलेनै पढाउने व्यवस्था गर्ने।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: